
माङसेबुङ । फेयर फुटबल क्लब धरान सुनसरी पवित्रहाङमा गोल्ड कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा बुधबार भएको खेलमा पाहुना टोली हिमालय फुटबल क्लब कर्साङ, दार्जिलिङ भारातलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सुनसरी सेमिफाइनल प्रवेश गरेको हो ।

गोलरहित बराबरीमा खेल सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा सुनसरीले दार्जिलिङलाई पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरे ।
खेलको प्लेयर अफ द म्याच सुनसरीकी गोल रक्षक गंगा गुरुङ घोषित घोषित हुँदै नगद ३ हजार ५ सय ७० प्राप्त गरिन् ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा महासमारोहको अवसरमा आयोजित गोल्डकप प्रतियोगिताको सेमिफाइलन खेल अन्तर्गत बिहिबार दुई खेल हुनेछ ।

पहिलो खेल जनता सेभेन क्लब इलाम र मिक्लाजुङ फुटबल क्लब पाँचथरबीच हुनेछ । दोस्रो सेमिफाइनल खेल दारिम्बा फुटबल क्लब याङवरक पान्थर र फेयर फुटबल क्लब धरान सुनसरीबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितका विजेता टिमले नगद ३ लाख ७० रुपैयाँ र उपविजेताले २ लाख ७० रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महासमारोहको अवसरमा आयोजित फुटबल प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।
प्रतियोगिता मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महासमारोहको तथा आत्मापवित्र खेलकुद समितिको आयोजना रहेको छ ।









