
माङसेबुङ । पवित्रहाङमा गोल्ड कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि जनता सेभेन क्लब इलाम र दारिम्बा फुटबल क्लब याङवरक पान्थरविच प्रचिस्पर्धा हुने भएको छ ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा महासमारोहको अवसरमा आयोजित पवित्रहाङमा गोल्डकप प्रतियोगिताको फाइलन खेल आगामी फागुन २ गते हुने आयोजकले जनाएको छ ।

इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा विहिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मिक्लाजुङ फुटबल क्लब पाँचथरलाई ५–१ गोल अन्तरले पराजित गर्दै जनता सेभेन इलाम फाइनल प्रवेश गरेको हो ।
यसैगरी विहिबारनै सञ्चालन भएको दोस्रो सेमिफाइनल खेलमा फेयर फुटबल क्लब धरान सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै दारिम्बा पान्थर फाइनल पुगेको हो ।

प्रतियोगितको विजेता टिमले नगद ३ लाख ७० रुपैयाँ र उपविजेताले २ लाख ७० रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् ।
प्रतियोगिता मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महासमारोहको तथा आत्मापवित्र खेलकुद समितिको आयोजना रहेको छ ।









