
माङसेबुङ । पवित्रहाङमा गोल्डकप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि दारिम्बा फुटबल क्लब याङवरक पान्थरले चुमेको छ ।
इलामको माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द रंगशालामा आज शनिबार सम्पन्न १६ औं संस्करण पवित्रहाङमा गोल्डकप फाइनल खेलमा जनता सेभेन क्लब इलामलाई ४–२ गोल अन्तरले पराजित गर्दै दारिम्बा फुटबल क्लब याङवरक पान्थरले उपाधि चुमेको हो ।

दारिम्बा फुटबल क्लब याङवरक पान्थरको जितमा स्मिता लिम्बूले २ गोल, सजिना कोइराला र गोल रक्षक सुजता तामाङले समान एक एक गोल गरेका थिए । भने इलामका रेखा विष्ट र कलापन जिम्बाले समान एक एक गोल गरेकी हुन् ।
उपाधि कव्जा गरेसँगै पान्थरले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ७०, मेडल र प्रमाण पत्र हात पारेका छन् । भने, उपविजेता बनेको इलामले भने ट्रफीसहित नगद २ लाख १ सय ७०, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी खेलको उदयीमान खेलाडी जनता सेभेन क्लब इलामकी नविना श्रेष्ठ घोषित हुँदा उत्कृष्ट गोलरक्षक दारिम्बा फुटबल क्लब पान्थरकी सुजता तामाङ, उत्कृष्ट डिफेन्डर दारिम्बा फुटबल क्लब पान्थरकी मनिता तामाङ, उत्कृष्ट खेलाडी जनता सेभेन क्लब इलामकी रेखा विष्ट र सर्वाधिक गोल कर्ता जनता सेभेन क्लब इलामकी सरिता नाथ घोषित भइन । विधागत उत्कृष्ट खेलाडीहरुलाई नगर सहित ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगिता मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महासमारोहको तथा आत्मापवित्र खेलकुद समितिको आयोजना रहेको छ ।

















