सबिना र मिङसोहाङको ‘बोलि हैन ईशारानै देऊ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, जेठ २६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सबिना र मिङसोहाङको ‘बोलि हैन ईशारानै देऊ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायिका सबिना योङहाङ लिम्बू र गायक मिङसोहाङ लिम्बूको आवाजमा ‘बोलि हैन ईशारानै देऊ’ सार्वजनिक गरिएको छ ।

धुर्व केसीको शव्द तथा दिपेस लामाको लय संकलनमा कौडा भाकामा रहेको लोक गित ‘बोलि हैन ईशारानै देऊ’ को म्युजिक भिडियो सबिना योङहाङ लिम्बू युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

किरन राईको निर्देशन, छायांकन तथा सम्पादन रहेको भिडियोमा सरोज खालिङ राई र सारा राईले अभिनय गरेका छन् ।

क प्रडक्शनको पोष्ट प्रडक्शनमा बिमल बराईलीको कोरियोग्राफी रहेको भिडियोमा तुलसा लिम्बूको मेकअप, दिलिप थाम्सुहाङको ड्रोन छायांकन, निगेन लिम्बू र राकेश कमेडीको कला रहेको छ ।

पुर्वेली र पश्चिमेली लोक भाकाको झल्को दिलाउने फ्यूजन गरिएको गितको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ देबेश राईको रहेको छ । बिमल बराईलीको टिमको आकर्षक नृत्य रहेको भिडियो उत्कृष्ट बनेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर