
माङसेबुङ । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।
एटलान्टा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।
अर्जेन्टिनाको फाइनल यात्रामा एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले एक–एक गोल गरे । इङ्ल्यान्डको लागि एन्थोनी गोर्डनले एक गोल गरे ।
इङ्ल्यान्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट अग्रता लिएको थियो । तर, खेलको ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए । इन्जुरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनाको फाइनल यात्रा सुनिश्चित गरे ।
अर्जेन्टिनाका दुवै गोलमा कप्तान लियोनल मेसीले असिस्ट गरे । अब उपाधिका लागि अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।







