
माङसेबुङ । इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ ।
आइतबार बिहान मियामी स्टेडियममा भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको हो ।
इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक पूरा गरे । यस्तै राइस, कोन्शा र जुड बेलिंघमले समान एक–एक गोल गरे ।
फ्रान्सका लागि भने कप्तान किलियन एमबाप्पेले दूई, ब्राडली बारकोला र उस्मान डेम्बेलेले गोल समान एक–एक गोल गरे ।
सन् १९६६ मा विश्वकपको उपाधि जितेको इंग्ल्यान्ड त्यसपछिका उत्कृष्ट स्थान हासिल गरेको हो । यसअघि सन् २०१८ मा इंग्ल्यान्ड चौथो भएको थियो ।







