फिफा विश्वकपको उपाधि स्पेनले चुम्यो - Mangsebung News
  • मङ्गलबार, साउन ०५, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फिफा विश्वकपको उपाधि स्पेनले चुम्यो

 

माङसेबुङ । स्पेनले फिफा विश्वकप २०२६ को उपाधि चुमेको छ ।

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि चुमेको हो ।

स्पेनलाई उपाधि दिलाउन फेरान टोरेसले एक मात्र निर्णायक गोल गरे । उनले खेलको १०६औं मिनेटमा गोल गरेका थिए ।

निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाले लगातार विश्वकपको उपाधि जित्न सकेन । अर्जेन्टिनाले सन् २०२२ को विश्वकपको उपाधि जितेको थियो ।

यसैगरी स्पेनका कप्तान रोड्रीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका रूपमा ‘गोल्डेन बल’ जितेका छन् । । स्पेनका गोलरक्षक उनाई सिमोनले ‘गोल्डेन ग्लोभ’ तथा पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारेका छन् । यस्तै फ्रान्सका किलियन एमबाप्पेले ‘गोल्डेन बुट’ जितेका छन् ।

 

सम्बन्धित खवर