
- आन्छुमे नसान
माङसेबुङ । निर्देशक दिनेश माङमुको परिकल्पना तथा निर्देशनमा पुर्वेली लोक भाकामा सजिएको प्रेमिल गित ‘अम्लारी फुङको वासना २’ सार्वजनिक गरिएको छ ।
गायक तथा संगीतकार शाहिल लिम्बू र गायिका तिर्सना नेम्बाङको सुमधुर आवाजमा सजिएको पुर्वेली गित ‘अम्लारी फुङको वासना २’ को म्युजिक भिडियो मीना लिम्बू युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
शाहिल लिम्बूकै शव्द तथा संगीतमा पालाम ख्याली भाकामा फ्यूजन गरिएको पुर्वेली गित ‘अम्लारी फुङको वासना’लाई दर्शक स्रोताले अत्याधिक रुचाएसँगै ‘अम्लारी फुङको वासना २’ सार्वजनिक गरिएको थियो ।

लिम्बू समुदायमा अम्लारीफुङलाई प्रेमको प्रतिकको रुपमा मानिन्छ । अम्लारी फुङको वासनासँग सुरुवात भएको प्रेम एक्कासी वियोगमा परिनत भएको कारुणिक कथा प्रस्तुत गरिएको भिडियोमा मनाहाङ लावती र मीना लिम्बूकोे जीवन्त अभिनय रहेको छ ।
माङमु फिल्म्सको पोष्ट प्रडक्शनमा सुजन श्रेष्ठको छायांकन देवराज सिग्देलको सहायक छायांकन, कृष्ण सुबेदीको मेकअप, निश्चल कुलुङ राईको कला तथा अनिल थोप्रा प्रडक्शन मेनेजर रहेको भिडियोमा सम्पादन अनिल रानाको रहेको छ ।
देवेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।
गितमा शाहिल र तिर्सनाको अलावा कोरषमा विजय मगर, शुभम चाम्लिङ राई, राजु बाराकोटी, दिपा तामाङ र अप्सु योगीको समेत आवाज रहेको छ ।
एमके सुब्बा, निश्चल कुलुङ राई, बिकास राई र भक्त नेम्बाङको समेत अभिनय रहेको भिडियो निक्कैनै उत्कृष्ट बनेको छ ।
भिडियो हेर्नुहोस…






