
- आन्छुमे नसान
माङसेबुङ । गायक तथा संगीतकार सेमिहाङ सिंगक र गायिका रविना आङदेम्बे लिम्बूको सुमधुर आवाजमा सजिएको प्रेमिल गित ‘टाटन बर्कीमा’ सार्वजनिक गरिएको छ ।
उपेन्द्र सुव्बाको शव्द तथा सेमिहाङ सिंगकको संगीत रहेको गित ‘टाटन बर्कीमा’को म्युजिक भिडियो सेमिहाङ सिंगक युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भुपेन्द्र तुम्बाहाङफेको परिकल्पना, निर्देशन तथा छायांकनमा लिम्बू संस्कार संस्कृतिमा आधारित प्रेम, त्याग, समर्पण र विवाहको मनछुने कथा प्रस्तुत गरिएको भिडियोमा चन्द्र ध्वोज बेघा, निर्भिक राई र दिपशिखा लिम्बूले जीवन्त अभिनय गरेका छन् ।

मायाले उपहारको रुपमा टाटन बर्की, सिंगापुरे नेटको साडी, सिटिजन घडी प्रदान गरिने प्रचलनलाई चटक्क टिपेर शव्द सृजना गरिएको गितको भिडियोमा एकातिर प्रेम र अर्कोतिर जिम्मेवारीलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
देवराज सिग्देलको सहायक छायांकन, प्रकृति लामा कार्कीको मेकअप र अनिल रानाको सम्पादन तथा कलर रहेको भिडियोमा युक बहादुर लिम्बू, रबिना आङदेम्बे, सेमिहाङ सिंगक, विसा लिम्बू, सिमा निङलेकु, इन्द्र याक्खा, अनु पौडेल र सृजना लिम्बूले समेत अभिनय गरेका छन् ।
मनोज थापा मगरको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गितलाई एम म्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो ।
पछिल्लो समय एकपछि अर्को गित संगीत पस्किदैं आइरहेका गायक तथा संगीतकार सेमिहाङको यो सृजनालाई पनि दर्शक स्रोेताहरुले निक्कैनै रुचाइएका छन् ।
भिडियो हेर्नुहोस…






