गायिका पिंकी बेघाको ‘गोर्खालीको छोरी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, कार्तिक ०३, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायिका पिंकी बेघाको ‘गोर्खालीको छोरी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । आसामबाट उदाएकी गायिका पिंकी बेघा लिम्बूको सुमधुर आवाजमा सजिएको गित ‘गोर्खालीको छोरी’ सार्वजनिक गरिएको छ ।

बिजय कट्टेलको शव्द संगीतमा दशै तिहारलाई समेटेर माटो प्रतिको माया, प्रेमभाव प्रस्तुत गरिएको डान्सिङ नम्बर गित ‘गोर्खालीको छोरी’को म्युजिक भिडियो पिंकी लिम्बू युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

जितेन लिम्बूको निर्माण तथा जियेन्द्र नाथको निदेशन रहेको भिडियोमा पिंकी बेघा लिम्बू, कृष्ण केसी, सुपु नेवार, सरिता लिम्बू र बिनिता बिश्वकर्मले अभिनय गरका छन् ।

निरेन रेगोनको छायांकन, सम्पादन र कलर रहेको भिडियोमा अनुपम खनालको सहायक छायांकन रहेको छ ।

बेदराज शर्माको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गितलाई सुर सरगम स्टुडियोमा रेकर्ड गरिएको हो । मनोज थापा मगरको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गितलाई एम म्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो ।

पछिल्लो समय आसमबाटै एकपछि अर्को गित संगीत पस्किने क्रममा नेपालीहरुको महान चाड दशैं तिहारको अवसर पारेर सार्वजनिक गरिएको यो गित र भिडियोलाई निक्कैनै रुचाइएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर