दिलमाया रियो छमछमी ४ को टप ७ मा - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिलमाया रियो छमछमी ४ को टप ७ मा


आन्छुमे नसान
दमक / सानै उमेरदेखि नाँच्नु भनेपछि हुरुकै हुने दिलमाया पन्धाक लिम्बू (मनिसा) नृत्य क्षेत्रमा पहिचान बनाईसकेकी चिरपरिचित नाम ।
जीवनमा कैयौं उकाली ओरालीहरुमा निरन्तर संघर्षको पौठेजोडी खेलिरहेकी बुद्धशान्ति–४, झापाकी दिलमाया मेहेनत, लगशिलता, आत्मबिश्वास र दर्शक अनि शुभचिन्तकहरुको माया र सहयोगले नेपाल टेलिभिजनबाट प्रसारित रियालिटि सो रियो छमछमी सिजन ४ को टप ७ मा पुग्न सफल भएकी छिन् ।

गत साउन १८ गते बाट भोटिङ राउन्ड सुरु भए संगै दिलमायालाई टप ७ मा पुग्न धेरै भन्दा धेरै दर्शक र देशबिदेशमा रहनुभएका शुभचिन्तहरुकै मायालु भोटको सहयोग मिलेको छ । लोभलाग्दो नृत्य प्रसतुत गरेर सबैको मन जित्न सफल उनी बाबाको मृत्यु हुदापनि छमछमीमै नाचिरहेकी थिईन ।


एक्सप्रेशनमा माहिर जजहरुबाटै प्रशंसा अनि वा..वा… बटुलिरहेकी अभिनयमा पोख्त दिलमायालाई टाईटल जित्न धेरै भन्दा धेरै भोटको अनिवार्य खाँचो पर्नेछ । टप ७ मा शुरक्षित भएसंगै उनले भोट गर्नका लागि cc (speace) 03 लेखेर 31009 मा  पठाउन भनी भोटको समेत अपिल गरेकी छिन् ।

पुर्बकै सान प्रदेश न. १ बाट एकमात्र प्रतिनिधिको रुपमा रहेकी पुर्बेली चेली बुबा स्व. काजीमान लिम्बु र आमा सुभद्र लिम्बुकी छोरी दिलमाया सानै उमेर देखि नृत्य गर्न माहिर थिईन । सोराठी कलाकेन्द्र बिर्तामोड झापाकी कोरियोग्राफर र नृत्यकार समेत रहेकी उनि झापा नृत्य कलाकार संघको क्षेत्रीय कोषाध्यक्ष पनि हुन् ।

सम्बन्धित खवर