गंगा र सुमनको आवाजमा शान्ताको पालाम ‘मिम्जिफुङ नुबेन’ सार्वजनिक - Mangsebung News
  • बुधबार, फागुन २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गंगा र सुमनको आवाजमा शान्ताको पालाम ‘मिम्जिफुङ नुबेन’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायिका गंगा फियाक र गायक सुमन लिम्बूको आवाजमा सजिएको लिम्बू संस्कृतिमा आधारित पालम ‘मिम्जिफुङ नुबेन’ सार्वजनिक गरिएको छ ।

शान्ता केरुङको शव्द संकलनमा निरन्ता नेम्बाङ र शम्भु फोम्बोको समेत कोरस आवाज रहेको पालाम ‘मिम्जिफुङ नुबेन’को भिडियो लिम्बू कल्चर क्रिएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाम भिडियोमा पुर्ण लिम्बू, मिरा फियाक, तानाम तान्छो लावती, अनिल लिम्बू, विक्रम लिम्बू, कैलाश लोहोरुङ राई, जनरानी चेम्जोङ, लाड्ली चेम्जोङ, प्रिन्सेस राई र अस्मिता लिम्बूको अभिनय रहेको छ ।

शान्ता केरुङको निर्माणमा बिनोद याक्खाको छायांकन तथा सम्पादन र आइत जिमीको प्रडक्सन र झरना लिम्बूको मेकअप रहेको भिडियोलाई एक्तास पिक्चर्स प्रडक्सनले तयार पारेको हो ।

मनोज साङसोन राईको संगीत संयोजनमा किंग स्टुडियोमा रेकर्डिङ गरिएको पालामको मिक्सिङ सुरेश राईले गरेका हुन् ।

पालाम भिडियो हेर्नुहोस…

सम्बन्धित खवर