
- आन्छुमे नसान
माङसेबुङ । गायिका गंगा फियाकको सुमधुर आवाजमा सजिएको आमा प्रति समर्पित ह्दयस्पर्शी गित ‘आमौ’ सार्वजनिक गरिएको छ ।
गितकार सन्ध्या फियाकको शव्द तथा गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा सजिएको आमाको बियोगमा भावविहोल भएकी छोरीको कारुणिक आवाज बोकेको गित ‘आमौ’ को भिडियो गंगा फियाक युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गांगा फियाकको फिचरिङ रहेको भिडियोमा सञ्जु थलङको मेकअप र कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको छ ।
देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेका हुन् ।
भिडियो हेर्नुहोस…






