आत्मानन्द गोल्डकप : आज सैनिक झापा र मधेसा सुनसरी भिड्दै - Mangsebung News
  • बिहिबार, मङि्सर ११, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द गोल्डकप : आज सैनिक झापा र मधेसा सुनसरी भिड्दै

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी आत्मानन्द गोल्डकप २०८३ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा आज सैनिक युथ क्लब बिर्तामोड झापा र मधेसा युथ क्लब इनरुवा सुनसरीबिच हुदैंछ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(बिहिबार) सैनिक झापा र मधेसा सुनसरीबिच प्रतिस्पर्धा हुने भएको हो । खेल दिउँसो २ः३० वजे सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा तिजोक यूवा क्लब पान्थरलाई टाईब्रेकरमा २–० गोल अन्तरले पराजित गर्दै सिरिजङ्गा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिरिजङ्गा मोरङको जितमा निमा तामाङ र निसकुमार श्रेष्ठले गोल गरेका थिए । खेलको प्लेयर अफ दी म्याच सिरिजङ्गा मोरङका निमा तामाङ घोषित भए । उनले नगद ५ हजार १ सय ७३ रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७३, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७३, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ८ हजार १ सय ७३ का साथ ट्रफी र मेडल प्रदान गरिने छ ।

प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।

आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७३औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा एवं चेसोक तङनाम महासमारोह २०८३ को संयुक्त आयोजना तथा युथ अफ माङसेबुङ र वाई.के.एम माङसेबुङको सह–आयोजनामा प्रतियोगिता संचालन हुनेछ ।

सम्बन्धित खवर