
झापा । साविक विजेता नेपाल पुलिस फुटबल क्लब झापाको दुधेमा जारि दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
रेखा पौडेलको ह्याट्रिकमा मंगलबार बागमती युथ क्लबलाई ६–० गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
पुलिसको यो जितसँगै सेमिफाइनलमा त्रिभुवन आर्मी एफसीसँगको भेट पक्का गरेको छ ।

पुलिसको जितमा रेखा पौडेलले ४ गोल गरिन् । यस्तै अमृता जैसी र सम्झना लावतीले समान १–१ गोल गरिन् ।
खेलको ‘प्लेअर अफ द म्याच’ विजेता टिम पुलिसकी रेखा पौडेल घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् ।
भोलि (बुधबार) हुने पहिलो सेमिफाइनल खेल झापा–११ फुटबल क्लब र एपिएफ फुटबल क्लबबीच हुनेछ ।




