
झापा । झापा ११ फुटबल क्लब दोस्रो झापा महिला गोल्डकपको सान्दार विजयी सुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाको दूधे रंगशालामा शनिबार भएको उद्धघाटन खेलमा आरएस पोखरा फुटबल क्लबलाई १०–० गोल अन्तरले पराजित गर्दै झापा ११ ले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

झापाको जितका लागि सजिना स्याङताङले ४, ममता राउतले २ तथा सेमिहाङ्मा लिम्बू, सञ्जु तामाङ, अञ्जली चन्द र पुनम चेम्जोङले १–१ गोल गरे ।
खेलको प्लेयर अफ द म्याच विजेता झापाकी सजिना स्याङताङ घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् ।
आइतबार विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब र भारतको एभी एफसीबीच हुने आयोजकले जनाएकोे छ ।




