साविक विजेता लुम्बिनी लायन्स एनपीएलको फाइनलमा - Mangsebung News
  • मङ्गलबार, मङि्सर ०२, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साविक विजेता लुम्बिनी लायन्स एनपीएलको फाइनलमा

माङसेबुङ । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको हो ।

सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले ४ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुग्दै उपाधि रक्षा अभियानको नजिक पुगेको छ ।

सुदूरपश्चिमले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । एलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाज र चितवन राइनोज भिड्नेछन् ।

लुम्बिनीको जितमा विकेटकिपर डिकवेलाले अविजित ५९ रन जोडे । यस्तै कप्तान रोहित पौडेलले २१ रन, सन्दीप जोराले ८ रन, आसिफ शेखले ४ रन, र दिलिप नाथले अविजित १० रन बनाए ।

सुदूरपश्चिका थरिन्दु रत्नायकेले २ तथा स्कट कुगेलेइन र हेमन्त धामीले १–१ विकेट लिए । मा आउट भए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाएर १०५ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रले सर्वाधिक ५२ रन बनाए । यस्तै इशान पाण्डेले २७ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान र शेर मल्लले २–२ विकेट लिए । किशोर महतो र अभिशेष गौतमले १–१ विकेट लिए ।

सम्बन्धित खवर