एनपीएल : काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा - Mangsebung News
  • शुक्रबार, कार्तिक २८, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एनपीएल : काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

माङसेबुङ । सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा स्थान पक्का गरेको छ ।

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकमा शुक्रबार कीर्तिपुरस्थित टीयू मैदानमा सम्पन्न सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा काठमान्डु गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको हो ।

सुदूरपश्चिम रोयल्सले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो ।

लिग चरणमा सबै ७ खेल खेलिसकेको सुदूरपश्चिमले ७ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र शीर्ष दुईमा रहने सम्भावना बलियो बनाएको छ । अब लुम्बिनी लायन्स वा काठमान्डु गोर्खाज मध्ये एक टिम अन्तिम खेलमा पराजित भएमा सुदूरपश्चिम शीर्ष दुईमा रहने पक्का छ ।

काठमान्डुका लागि रासिद खानले अविजित रहँदै सर्वाधिक ३५ रन बनाए यस्तै । दुसान हेमन्थाले २१ रन बनाउँदा, ओपनर साम हिजलेट ११ रन, आदिल आलम ८ रन, सन्तोष यादव १० र कप्तान करण केसी ८ रन बनाएर आउट भए ।

सुदूरपश्चिमका अनिल खरेलले २ तथा स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलनले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो ।

दीपेन्द्रले सर्वाधिक ६० रन बनाए । थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रन योगदान गरे । काठमान्डुका लागि जहानदाद खानले ३ विकेट लिए । यस्तै सन्तोष यादवले २ विकेट लिए ।

 

सम्बन्धित खवर