एनपीएल : चितवन राइनोज प्लेअफ नजिक - Mangsebung News
  • शुक्रबार, कार्तिक २८, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एनपीएल : चितवन राइनोज प्लेअफ नजिक

माङसेबुङ । चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ नजिक पुगेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा शुक्रबार सम्पन्न खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवन राइनोज प्लेअफ नजिक पुगेको हो ।

जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर ९२ रन बनाउँदै पूरा गरेको हो ।

६ खेलमा तेस्रो जित हात पारेको चितवन ७ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ र प्लेअफ सम्भावना बलियो बनेको छ ।

चितवनले लिगको अन्तिम खेलमा आइतबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । शनिबार विराटनगर किंग्स लुम्बिनी लायन्ससँग पराजित भएमा पनि चितवनले प्लेअफमा स्थान पक्का गर्नेछ । विराटनगर विजयी भएमा भने चितवनले अन्तिम खेलमा कर्णालीलाई पराजित गर्नुपर्नेछ ।

चितवनलले जित हात पार्दा पराजित जनकपुरसँगै कर्णाली याक्स पनि प्लेअफ होडबाट बाहिरिएका छन् ।

जनकपुरले लिगको ७ वटै खेल खेलिसक्दा जम्मा २ जितबाट ४ अंक मात्र जोड्न सक्यो । यस्तै एक खेल खेल्न बाँकी कर्णालीको ४ अंक मात्र छ । कर्णालीले अन्तिम खेल जितेपनि शीर्ष चारमा पुग्दैन ।

 

सम्बन्धित खवर