एनपीएलमा विराटनगर किंग्सको तेस्रो जित - Mangsebung News
  • बिहिबार, कार्तिक २७, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एनपीएलमा विराटनगर किंग्सको तेस्रो जित

माङसेबुङ । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित हात पारेको छ ।

विराटनगरले बिहीबार कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गर्दै तेस्रो जित हात पारेको हो ।

पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर १३६ रन बनाउँदै पूरा गरेको हो ।

लिगमा ६ खेल खेल्दा तेस्रो जित हात पारेको विराटनगरले ६ अंक जोडेर चौथो स्थानमा उक्लेको छ प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । विराटनगरले लिगको अन्तिम खेल लुम्बिनी लायन्ससँग खेल्नेछ ।

अर्कोतर्फ पोखराको भने छैटौं खेलमा यो पाँचौ हार हो र २ अंकसहित पूछारमा रहेको पोखरा लिग प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ ।

सम्बन्धित खवर