जगतबहादुर लाओती फुलुङगी फाउन्डेसनको अध्यक्षमा पुनः निर्वाचित - Mangsebung News
  • शनिबार, कार्तिक २९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जगतबहादुर लाओती फुलुङगी फाउन्डेसनको अध्यक्षमा पुनः निर्वाचित

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ तपोभूमि फुलुङगी फाउन्डेसनको अध्यक्षमा पुनः जगतबहादुर लाओती निर्वाचित भएका छन् ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको माङ सवारमा शुक्रबार गुरु निजी आश्रममा सम्पन्न फाउन्डेसनको नवौँ विशेष साधारणसभाबाट पुनः लाओती निर्वाचित भएका हुन् ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा उदयविक्रम तुम्बापो र चन्द्रबहादुर लाओती, महासचिवमा महेश सेर्मा, सचिवमा सन्देश लिङ्देन लिम्बू, सहसचिवमा दानबहादुर लिम्बू र कोषाध्यक्षमा मधु लिम्बू निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरूमा कृष्णबहादुर बुढाथोकी, लक्ष्यबहादुर लिङ्देन, धनकुमारी लिम्बू, कर्णबहादुर गतिहाङ राई, पद्मरानी लिम्बू, सरुहाङमा इदिङ्गो, डम्बर बजी, वृख येक्तेन, खड्क तुम्बाहाङफेलगायत निर्वाचित भएका छन् ।

साधारणसभाको निर्णय मण्डलमा नन्दकुमार नेम्वाङ संयोजक तथा लोकबहादुर लिङ्देन र समिता थेबे सदस्य रहेका थिए ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि किरात चोःलुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, विशेष अतिथि किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम र गुरु निजी आश्रम अर्थ समितिका अध्यक्ष ताराविर नेम्बाङले बधाई तथा शुभकामना दिएका थिए ।

फाउन्डेसनका अध्यक्ष जगतबहादुर लाओतीको अध्यक्षतामा भएको कार्यक्रमो सञ्चालन सचिव उदयविक्रम तुम्बापोले गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष चन्द्रबहादुर लाओतीले प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर