राखेपद्वारा एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा - Mangsebung News
  • बिहिबार, मङि्सर ०४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राखेपद्वारा एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

माङसेबुङ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ ।

राखेपले बिहीबारबाटनै लागु हुने गरि एन्फामाथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको हो ।

राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षर भएको पत्र बिहीबार एन्फालाई पठाइएको छ जहाँ निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको जानकारी दिइएको छ ।

राखेपको कार्यकारी समितिले नोभेम्बर १९ (मंसिर ३) मा गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन र प्रतिबन्ध हटाइएको पत्रमा उल्लेख छ ।

एन्फाले गत अप्रिल ५ (चैत २३) मा पत्रमार्फत निलम्बन फुकुवाका लागि राखेपसमक्ष अनुरोध गरेको थियो ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ अनुसार निलम्बन फुकुवा गर्ने निर्णय गरिएको राखेपले जनाएको छ ।

सम्बन्धित खवर