
माङसेबुङ । चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
कमिल मिशाराको शानदार शतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा काठमान्डु गोर्खाजलाई पराजित गर्दै
बुधबार टीयू मैदानमा भएको एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।
चितवनले अब फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ ।
ओपनिङ ब्याटर कमिशल मिशाराको अविजित शतकको मद्दतमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमान्डुले ९ विकेटको क्षतिमा १४३ रन मात्र बनाउन सक्यो ।
काठमान्डुका लागि विलियम बोसिस्टोले सर्वाधिक ३७ रन बनाए । यस्तै भीम सार्कीले अविजित ३० रन, सहान अराचिगेले २४ रन र रासिद खानले १२ रन बनाए ।
यसैगरी सोनु देवकोटाले ६ रन, सन्तोष यादवले १० रन, ओपनर साहिल पटेलले २ रन, अर्का ओपनर साम हिजलेटले ३ रन जोड्दा कप्तान करण केसी र जहानदाद खान समान १ रनमा आउट भए ।
चितवनको जितमा रिजन ढकालले सर्वाधिक ४ विकेट लिए । यस्तै उसामा मिरले ३ तथा कुशल मल्ल र सलाउद्दिन खानले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनको जितमा ओपनिङ ब्याटर कमिशल मिशाराले अविजित सर्वाधिक १२० रन जोडे । यस्तै रवि बोपाराले ५३ रन र देव खनालले १७ रन जोडे ।
काठमान्डुका कप्तान करण केसी र रासिद खानले २–२ विकेट लिए ।




