नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि सुदूरपश्चिम रोयल्सलाई - Mangsebung News
  • शनिबार, मङि्सर ०६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि सुदूरपश्चिम रोयल्सलाई

माङसेबुङ । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको उपाधि पहिलो पटक सुदूरपश्चिम रोयल्सले चुमेको छ ।

शनिबार भएको उपाधि भिडन्तमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक उपाधि चुमेको हो ।

लगातार दुई संस्करणको फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित भएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी उचालेको हो ।

पहिलो खेलमै लुम्बिनी लायन्ससँग पराजित हुँदै तेस्रो संस्करणको यात्रा सुरु गरेको सुदूरपश्चिमले अन्ततः फाइनलमा त्यही लुम्बिनीलाई हराएर उपाधि जित्यो ।

यससँगै लगातार तीन पटक फाइनल पुग्ने सुदूरपश्चिम पहिलो टोली बनेको छ भने तेस्रो प्रयासमा च्याम्पियन बन्ने आफ्नो सपना पनि पूरा गरेको छ ।

एनपीएलको पहिलो संस्करण जनकपुर बोल्ट्स र दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेका थिए । तेस्रो संस्करणमा भने सुदूरपश्चिमले च्याम्पियनको सूचीमा आफ्नो नाम लेखाएको छ ।

सम्बन्धित खवर