झापा महिला गोल्डकप : आर्मी सेमीफाइनल प्रवेश - Mangsebung News
  • आइतबार, मङि्सर ०७, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापा महिला गोल्डकप : आर्मी सेमीफाइनल प्रवेश

झापा । त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा भारतीय टोली गयेसपुर वुमन फुटबल एकेडेमीलाई १०–० गोल अन्तरले पराजित गर्दै आर्मीले प्रतियोगिताको सेमिफाइनलमामा स्थान सुरक्षित गरेको हो ।

आर्मीको जितमा चन्द्रा भण्डारी र हेमा चौधरीले गरेको डबल ह्याट्रिक पूरा गरे । सुक्रिया मियाले २ तथा जेनिफर राना मगर र दिपा शाहीले १–१ गोल गरे ।

खेलको प्लेयर अफ द म्याच विजेता त्रिभुवन आर्मी फुटबल क्लबकी चन्द्रा भण्डारी घोषित भइन् । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाइन् । त्यस्तै, कतारमा रहेका तेक्वान्दोका पूर्वराष्ट्रिय खेलाडी ज्याकी चानले प्रोत्साहनस्वरूप नगद १५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

भोलि (सोमबार) हुने तेस्रो क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र भुटानको थिम्पु राभेन वुमन एफसीबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद ५ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद १५ हजाार र ट्रफी पाउनेछ ।

सम्बन्धित खवर