युगलको निर्देशनमा सेमिहाङ र सुनिताको ‘मिम्जीफुङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, असोज २६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युगलको निर्देशनमा सेमिहाङ र सुनिताको ‘मिम्जीफुङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक तथा संगीतकार सेमिहाङ सिंगक र गायिका सुनिता थेगिमको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको प्रेमिल गित ‘मिम्जीफुङ’ सार्वजनिक गरिएको छ ।

सेमिहाङ सिंगककै शव्द तथा संगीत रहेको गित ‘मिम्जीफुङ’को म्युजिक भिडियो वाई.के. फिल्म्स युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

युगल पोमुको निर्देशन तथा तेन्जु योञ्जनको कोरियोग्राफीमा मोहन कुमार ‘झिल्लु’ को छायांकन र ड्रोन, मनोज लामाको मेकअप र अनिल कुमार महर्जनको सम्पादन रहेको भिडियोमा युगाल पोमु र सवनम साम्बा लिम्बूले अभिनय गरेबा छन् ।

देवेश राईको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गितलाई सेवा रेकर्डिङ स्टुडियो र म्युजिक पार्लर स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर