आईसीसी क्रिकेट विश्वकप लिग २ मा क्यानडामाथि नेपालको जित - Mangsebung News
  • सोमबार, असोज २६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी क्रिकेट विश्वकप लिग २ मा क्यानडामाथि नेपालको जित

माङसेबुङ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो पहिलो खेलमा क्यानडामाथि जित हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ १ मा भएको खेलमा क्यानडाबिरुद्ध २४ रनले जित हासिल गरेको हो ।

नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो ।

क्यानडाका लागि आरोन जोनसनले ४४ रन बनाउँदा समित गोहेलले ३५ रन, अखिल कुमारले अविजित ३० रन तथा श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ रन बनाए ।

नेपालका लागि करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान २–२ विकेट लिए ।

यसअघि नेपालले रोहित पौडेलको शतकको मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो ।

रोहितले ८ चौका र १ छक्काको मद्दतमा सर्वाधिक १०१ रन बनाए । यस्तै गुल्शन झाले ४८ रन र अर्जुन कुमालले २३ रन बनाए ।

क्यानडाका लागि अखिल कुमारले ४ विकेट लिए भने सुख्जिन्दर सिंहले ३ विकेट लिँदा जहिर शिर्जादले २ विकेट लिए ।

जितपछि लिग २ अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं स्थानमा उक्लिएको छ भने, क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौंमा झरेको छ ।

 

सम्बन्धित खवर