
- आन्छुमे नसान
माङसेबुङ । गायक सुमन लिम्बू र गायिका दुर्गा तुम्सा लिम्बूको सुमधुर आवाजमा सजिएको याक्थुङ संस्कृतिमा आधारित पालाम ‘आईत्छ्बा मेगेरेन’ सार्वजनिक गरिएको छ ।
गितकार शान्ता केरुङको शव्द तथा लय संकलन र निर्माण रहेको पालाम ‘आईत्छ्बा मेगेरेन’ भिडियो लिम्बू कल्चर क्रिएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
चन्द्र लिम्बूको निर्देशन, छायांकन तथा सम्पादन रहेको पालाम भिडियोमा उदय बेघा, दुर्गा तुम्सा, हिमाल लिम्बू ‘मिराक’, जिवन केदेम, शान्ता केरुङ, कर्मिला आङ्देम्बे, देबेन्द्र चेम्जोङ, बिमला राई, दिपा आङ्देम्बे र सुरेन्द्र आङ्देम्बेले अभिनय गरेका छन् ।
गायक बिवस नेम्बाङ र गायिका निरन्ता नेम्बाङको समेत आवाज रहेको पालाम भिडियोमा पदम तामाङको श्रृंगार रहेको छ । मनोज साङसोन राईको संगीत संयोजन रहेको पालामलाई किङग् स्टुडियोमा सुरेश पायल राईले रेकर्डिङ, मिक्सिङ तथा गरेका हुन् ।
भिडियो हेर्नुहोस…






