त्येअङ्सी सिरीजंगालाई राष्ट्रिय विभुति बनाउन पहल सुरु गर्ने - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

त्येअङ्सी सिरीजंगालाई राष्ट्रिय विभुति बनाउन पहल सुरु गर्ने

 

 

 

सङसेमी माङयुङ
माङसेबुङ/ किरात लिम्बू लिपिका पुनर उथानकर्ता सिरीजंगा सिंथेबेको नाममा श्री त्येअङ्सी सिरीजंगा सिंथेबे स्मृति संस्था दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा दर्ता भएको संस्थाको अध्यक्ष रुपमान थेबे रहेका छन । उक्त संस्थाले मुलत किरात लिम्बू भाषा, लिपि संरक्षण सम्वर्द्वनको लागि साक्षरता अभियान गर्ने, साथै किरात धर्म, संस्कार, संस्कृति उत्थानका निम्ति छलफल, बहस कार्यक्रम गर्ने संस्थाका सचिव रनमान थेबेले बताएका छन ।

यसरी नै त्येअङ्सी सिरीजंगा सिंथेबेलाई राष्ट्रिय विभुति बनाउन पहल गर्ने, सिरीजंगाको पुर्ण कदको शालिक निर्माण गर्ने जनाएको छ । थेबेका अनुसार सिरीजंगा पार्क बनाउने, पर्यटकहरु बस्ने प्लेटफर्म तयार गर्ने र दर्शनार्थी भक्तजनहरु बस्ने आश्रमको निर्माण गर्ने योजना रहेको छ ।

सिरीजंगासंग सम्बन्धित रहेका सामाग्री र किरात भाषा लिपिका पुस्तक, पत्र पत्रिकाहरुलाई संग्रहित गरि सिरीजंगा संग्रहालय र पुस्तकालय सञ्चालनका निम्ति भवन बनाई सञ्चालन गर्ने योजना रहेको छ । सो स्थललाई अझै सुन्दर र पर्यटकको आकर्षणको थलो बनाउन खानेपानी तथा आवश्यक भौतिक सामाग्रीहरुको व्यवस्थापन गर्ने थेबेले बताएका छन ।

 

 

थेबेका अनुसार यसै संस्थाले सिरिजंगा मिङसो हाङसाम माङहिमको रेखदेख गर्ने र त्येअंसी सिरीजंगाको जन्म दिन मंसिर २९ गतेलाई सिरीजंगा जन्म जयन्तीको रुपमा प्रत्येक वर्ष मनाउने लक्ष्य रहेको छ ।

उक्त सम्पूर्ण कार्यहरु सिरीजंगाको जन्म गाउँ सिरीजंगा गाउपालिका ४ तेल्लोक अवस्थित सिरीजंगा हाङसाम माङहिमको परिसरमा हुने रनमान थेबेले बताएका छन ।

श्री त्येअङ्सी सिरीजंगा सिंथेबे स्मृति संस्थाका समितिहरु तपशिलमा रहेका छन । ः–
अध्यक्षः– रुपमान थेबे
उपाध्यक्षः– दुर्गाबहादुर सिंथेबे
सचिवः– रनमान थेबे
सह–सचिवः– बेलिता थेबे
कोषाध्यक्षः– तेजदास लिम्बू
सदस्यः– राजबहादुर लिम्बू
सदस्यः– कुमारी लिम्बू

यसरी नै रामकुमार सिंथेबेलाई समितिमा सदस्यको रुपमा मनोनयन गरि कोषाध्यक्षको जिम्मेवारी प्रदान गरेको समेत रनमान थेबेले बताएका छन ।

त्येअङ्सी सिरीजंगालाई राष्ट्रिय विभुति बनाउन पहल सुरु गर्ने

सम्बन्धित खवर