बेल्जियममा चासोक तङनाम(उधौली पर्व) मनाइयो - Mangsebung News
  • शनिबार, माघ १८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बेल्जियममा चासोक तङनाम(उधौली पर्व) मनाइयो

बेल्जियम । प्रकृति पूजक किरात समुदायको राष्ट्रिय चाड चासोक तङनाम (उधौली पर्व) बेल्जियममा धुमधाम मनाइएको छ ।

संयुक्त किरात समाज बेल्जियमको आयोजनामा शनिबार (६ डिसेम्बर)  बेल्जियमको ब्रुज शहरमा चासोक तङनाम (उधौली पर्व) मनाइएको हो ।


बेनेलक्स(बेल्जियम, नेदरल्यान्ड, लक्जम्बर्ग) का नेपालका लागि राजदुत सेवा लम्सालको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान साथै प्रकृति पूजा, भुमि पूजा र न्वागी पूजा गरेर चासोक तङनाम (उधौली पर्व) मनाइएको दौलत कुमार साम्बाले जानकारी दिएका छन् ।

किरात याक्थुङ चुम्लुङ जर्मनीका अध्यक्ष सञ्चमान जबेगुको विशेष आतिथ्यता कार्यक्रममा तमु समाज बेल्जियम, तामाङ समाज बेल्जियम, विश्व मगर संघ बेल्जियम, पासा पुज: बेल्जियम र एभरेस्ट नेपाली समाज बेल्जियमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


संयुक्त किरात समाज बेल्जियमका अध्यक्ष पुपुषा किराँती लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष इन्द्र लिम्बू र सञ्चालन महासचिव प्रतिक्षा कुलुङ राईले गरेकी थिइन् ।

किरात समुदायले विशेष महत्वका साथ मनाँउने पर्व लिम्बूले चासोक तङनाम, राईले साकेला, याख्खाले चासुवा र सुनुवारले फोलस्यादरको रूपमा यस पर्वलाई मनाउँदै आएका छन् ।

उधौली अर्थात् न्वागी पूजासहित मनाइने चासोक तङ्नाम लिम्बू समुदायमा अनादिकालदेखिनै न्वागी पूजा गरी अन्नप्रति सम्मान गर्ने परम्परा रही आएको छ । अन्न पाक्ने समय कात्तिकदेखि धान्य पूर्णिमासम्मनै पाकेको अन्नबालीलाई पुज्ने र प्रकृति देवीलाई चढाउने गरिन्छ । चासोक तङ्नामलाई न्वागी पूजाको रूपमा समेत लिइन्छ ।

 

सम्बन्धित खवर