
- आन्छुमे नसान
माङसेबुङ । गायक विवस नेम्बाङ र गायिका मीरा फियाकको सुमधुर आवाजमा सजिएको पालाम ‘लुङ्वा फुङ ए’ सार्वजनिक गरिएको छ ।
लक्ष्मी नाम्लाक्पाको शव्द संकलन तथा निरन्ता नेम्बाङको लय संकलन रहेको लिम्बू संस्कृतिमा आधारित पालाम ‘लुङ्वा फुङ ए’ मीरा फियाक युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

तिर्सना नेम्बाङ र अनिल सङ्वा लिम्बूको समेत आवाज रहेको पालाममा दिलु सेरेङ, हर्क घिसिङ, अर्पण फियाक, अनिल लिम्बू, सुमन लिम्बू र पुजा लिम्बूले अभिनय गरेका छन् ।
श्याम लिम्बूको संगीत संयोजन तथा रेकर्डिङमा श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको पालामको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।
भिडियो जस्केलो क्रिएशनले तयार पारेको हो ।
पालाम भिडियो हेर्नुहोस्…







