रन बीरको निर्देशनमा ‘लुक्खुरी चात्तु’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, असोज ०६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रन बीरको निर्देशनमा ‘लुक्खुरी चात्तु’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । निर्देशक रन बीर सेर्मा लिम्बूको निर्देशनमा याक्थुङ लिम्बू भाषाको गित ‘लुक्खुरी चात्तु’ सार्वजनिक गरिएको छ ।

गायिका मनु नेम्बाङ र गायक इमाहाङ सेत्लिङको सुमधुर आवाजमा सजिएको प्रेमिल गित ‘लुक्खुरी चात्तु’ म्युजिक भिडियो इमाहाङ सेत्लिङ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

यादन सेर्मा ‘नुनाम’को शव्द तथा मनु नेम्बाङको संगीतमा सजिएको गितको संगीत संयोजन भुपाल खालिङ राईले गरेका छन् । श्रद्धा रेकर्डिङ स्टुडियोमा श्याम लिम्बूले रेकर्डिङ गरेको गितको मिक्सिङ तथा मास्टरिङ मिन बिष्टले गरेका छन् ।

सुमन तामाङको छायांकन तथा ड्रोन रहेको भिडियोमा मिना नेम्बाङ, उदय बेघा, सेनी हाङ साँवा, अम्सु इधिङगो, निसान इधिङगो, माया लिम्बू, सेलिना राई, आयुसा लिम्बू, नुमा लिम्बू, तारा लिम्बू, मालती लिम्बू, ज्योति लिम्बू, होम लिम्बू, रिता केदेम र मन कुमार केदेमले अभिनय गरेका छन् ।

देवराज सिग्देलको सहायक छायांकन, अशोक मण्डलको मेकअप रहेको भिडियोमा नविन निरौलाको सम्पादन तथा कलरिङ रहेको छ ।

कृष्ण बीर लाओती लिम्बू र बिष्णु सेत्लिङ लाओतीको निर्माणमा तयार पारएिको लिम्बू संस्कृतिमा आधारित भिडियोमा बिष्ण सिंगकको सवटाइटल रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर