माङसेवासाबा पोराक पान्जुम्भो बेलडाँगीको अध्यक्षमा पदम चोङबाङ निर्वाचित - Mangsebung News
  • मङ्गलबार, असोज ०६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेवासाबा पोराक पान्जुम्भो बेलडाँगीको अध्यक्षमा पदम चोङबाङ निर्वाचित

बेलडाँगी । किरात साम्यो माङसेवासाबा पोराक पान्जुम्भो बेलडाँगीको अध्यक्षमा पदम चोङबाङ चयन भएका छन् ।

दमक ३ बेलडाँगीमा गत शनिबार(भदौ २७) सम्पन्न किरात साम्यो माङसेवासावा बेलडाँगी पान्जुम्भोको भेलाले चोङबाङलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

नव निर्वाचित उपाध्यक्षमा बुद्धिमान लिम्बू हंसमाया पतङवा , सचिवमा शिर्षमान राई, सह सचिव दुखुन मकरध्जोज राई, कोषाध्यक्षमा धनबहादुर लिम्बू रहेका छन् ।

यसैगरी सदस्यहरुमा छत्रबहादुर राई, शुकराज लिम्बू, खड्गबहादुर राई, आशबहादुर राई, दलबहादुर राई, फिपराज लिम्बू, जगतबबहादुर राई, जसबहादुर लिम्बूलाई चयन गरिएको छ ।

किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश साउदेनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा किरात धर्मजन्य संघ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर