मनु र सुमनको आवाजमा शान्ताको पालाम ‘मिम्जिरे ताजेङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, भदौ ३०, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मनु र सुमनको आवाजमा शान्ताको पालाम ‘मिम्जिरे ताजेङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायिका मनु नेम्बाङ र गायक सुमन लिम्बूको सुमधुर आवाजमा सजिएको याक्थुङ संस्कृतिमा आधारित पालाम ‘मिम्जिरे ताजेङ’ सार्वजनिक गरिएको छ ।

गितकार शान्ता केरुङको शव्द तथा शिव सम्बाहाङफेको संगीतमा रहेको पालाम ‘मिम्जिरे ताजेङ’ भिडियो लिम्बू कल्चर क्रिएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

बिनोद याक्खाको छायांकन तथा सम्पादन रहेको पालाम भिडियोमा मनु नेम्बाङ, जिवन केदेम, शान्ता केरुङ, हर्क घिसिङ, सिताराम लिम्बू, मनु थक्लुङ, असल तुम्रोक, नितुरानी नेम्बाङ, बिक्रम लिम्बू र प्रिसेस राईले अभिनय गरेका छन् ।

आइत जिमीको सहायक छायांकन रहेको पालाम भिडियोमा रविना लिम्बूको मेकअप रहेको छ । मनोज साङसोन राईको संगीत संयोजन रहेको पालामलाई किङग् स्टुडियोमा सुरेश राईले रेकर्डिङ तथा मिक्सिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर