भुपेन्द्रको निर्देशनमा ‘के सन्देश बोकी ल्यायौ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, असोज ०७, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भुपेन्द्रको निर्देशनमा ‘के सन्देश बोकी ल्यायौ’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ । भुपेन्द्र तुम्बाहाङफेको कथा तथा निर्देशनमा गायिका सञ्जीवनीको सुमधुर अवाजमा सजिएको कालजयी गित ‘के सन्देश बोकी ल्यायौ’ सार्वजनिक गरिएको छ ।

झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमकाबिच निलम आङबुहाङ राईको शब्द तथा सुरेश अधिकारीको संगीत र आबुल कार्कीको संगीत संयोजन रहेको मर्मस्पर्शी गित गित ‘के सन्देश बोकी ल्यायौ’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

अडियो सार्वजनिक भएको २५ वर्षपछि हरेक स्रोताहको मन मस्तिष्कमा बस्न सफल कालजयी गितको म्युजिक भिडियो निलम क्रिएशन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भुपेन्द्र तुम्बाहाम्फेकै छायांकन तथा अनिल रानाको सम्पादनमा लाहुरे श्रीमानको वियोगमा जलिरहेकी नारीको कारुणीक कथा प्रस्तुत गरिएको भिडियोमा निर्भिक राई, दिव्या लावती लिम्बू, जीवन बराल, मनि कुलुङ, कुमेरचिनिकलेस, दायो मोहम्मद अलि, दावा लामा, दिनेश माङ्मु तथा बाल कलाकार सम्याङ योङहाङले जीवन्त अभिनय गरेका छन् ।

राज गोले र टिमले द्वन्द्व निर्देशन जिम्मेवारी सम्हालेको भिडियोमा देवराज सिग्देलको सहायक छायांकन, मनि कुलुङको कला निर्देशन, अशोक मण्डल र सम्शेर तामाङको मेकअप रहेको छ ।

स्थानीय जनप्रतिनिधि, संगीतप्रेमी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थितिमा सम्पन्न सो कार्यक्रममा वक्ताहरूले गीत तथा भिडियोको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर