पान्थरकी मिलन लिम्बू बनिन् येले साम्लो नाइसुम ५०८६ - Mangsebung News
  • शुक्रबार, बैशाख ११, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पान्थरकी मिलन लिम्बू बनिन् येले साम्लो नाइसुम ५०८६

पथरी । पान्थरकी मिलन लिम्बू येले साम्लो नाइसुम ५०८६ को विजेता बनेकी छन् ।

मङगलबार राति मोरङको पथरी शनिश्चरे–३ स्थित येले मेला परिसरमा सम्पन्न ग्राण्ड फिनालेबाट फाइनल प्रतिस्पर्धी पान्थर मिक्लाजुङका दिलिप माखिम, भारत सुखिमकी लावती लिम्बू र इलामकी रिता आङ्देम्बेलाई पछि पार्दै मिलन येले साम्लो नाइसुम ५०८६ को विजेता बनेकी हुन् ।

विजेता बनेसँगै लावतीले नगद पुरस्कार एक लाख रुपैयाँको साथमा विजेताको आकर्षक ट्रफी हात पारेकी छन् ।

यसैगरि पान्थर मिक्लाजुङका दिलिप माखिम उपविजेता बनेका छन् । माखिमल नगद पुरस्कार पच्चास हजार रुपैयाँको साथमा उपविजेताको आकर्षक ट्रफी हात पारेकी छन् ।

यस्तै भारत सुखिमकी लावती लिम्बू तेस्रो भएकी छन् ।

 

येले साम्लो नाइसुम ५०८६ मा रैथाने मौलिक मुन्धुमी भाका र प्रस्तुति शैलीलाई उजागर गरिएको आयोजकले जनाएको छ ।

‘अनेकतामा एकता, मुन्धुमीहरुको मौलिकता’ भन्ने मुल नारकासाथ आयोजना गरिएको अन्तरष्ट्रिय गायन प्रतियोगिता मुन्धुमी मा चुम्लुङ पथरी शनिश्चरे ३, मोरङको आयोजनामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर