कोरोना संक्रमणका कारण दोस्रो व्यक्तिको निधन - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणका कारण दोस्रो व्यक्तिको निधन

काठमाडौ / बाँकेको नरैनापुर गाउँपालिका स्थित दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका एक युवाको आइतबार बिहान मृत्यु भएको थियो ।

उनी कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवकता डा. विकास देवकोटाका अनुसार ती मृत युवाको स्वाब संकलन गरी परिक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको हो । उनी बैशाख ३० गते भारतबाट नेपाल आएका थिए ।

उनले क्वारेन्टाइनमा उपचार नपाएका कारण मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले विरोध जनाएका छन् ।

यस अघी शनिबार मात्रै कोरोना भाइरसको संक्रमणका कारण सिन्धुपाल्चोक जिल्ला बाह्राबीसे नगरपालिका वडा नं. ९ निवासी एक सुत्केरी महिलाको मृत्यु भएको थियो । उनी नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने पहिलो व्यक्ति हुन ।

सम्बन्धित खवर