सांस्कृतिक रुपान्तरणको निमित्त अन्तराष्ट्रिय लिम्बु टिकटक नृत्य प्रतियोगिता– मौसम लिम्बू(फूलेन्देको बाउ) - Mangsebung News
  • मङ्गलबार, बैशाख ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सांस्कृतिक रुपान्तरणको निमित्त अन्तराष्ट्रिय लिम्बु टिकटक नृत्य प्रतियोगिता– मौसम लिम्बू(फूलेन्देको बाउ)

दमक / लकडाउनको समयलाई सदुपयोग गर्दै हङ्कङ्मा रहेर पनि नेपाली कला संस्कृति प्रति निरन्तर लागिरहनु भएका त्यसमा पनि आफ्नो लिम्बु भाषा कला संस्कृति प्रति मरिमेट्नुहुने मौसम लिम्बु चलचित्र निर्देशक, नायक तथा सफल कलाकार पनि हुन् ।

आजकल वहाँलाई नेपाली कला क्षेत्रमा फुलेन्दे कुम्बा (फुलेन्देको बाउ) भनेर चिनिनु हुन्छ । वहाँको एडमिन फुलेन्देको बाउ फेसबुक पेजबाट लकडाउन समयलाई सामाजिक संजालमा कलामय बनाउनको निमित्त लिम्बू गीत तथा कला संस्कृतिको उजागर गराउनुका साथै विश्व माझ अभियानको रुपमा पु¥याउन अन्तराष्ट्रिय लिम्बु गीतमा टिकटक नृत्य प्रतियोगिता गरिहनु भएको छ । उहाँले यस प्रतियोगितामा लाग्ने सम्पूर्ण खर्च आफैले गर्नुभएको समेत बताउनु भएको छ ।

लिम्बु गीतहरुलाई जिवन्त बनाउनको निमित्त लिम्बु गीतमा टिकटक बनाई विश्वमा छरिएर रहेका लिम्बु जातीहरुमा जातीय पहिचान निरन्तर रहिरहोस् भन्ने अभिप्रायले अन्तराष्ट्रिय लिम्बु गीतको टिकटक प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका आयोजक तथा एडमिन मौसम लिम्बुले बताउनु भएको छ ।

टिकटक बनाउँदा बाहिर साउण्ड सेट बजाएर बनाईएको भिडियोलाई प्रतियोगितामा समावेश गरिएको छैन भने टिकटक १५ सेकेण्ड भन्दा माथिको हुने पर्नेछ । त्यसैगरी उनले एउटा नृत्यलाई तीस दिनसम्मको समय सिमा दिइएको छ भने उक्त तीस दिन भित्र भ्यूज, लाईक, सेयर र कमेन्ट हेरे सबैभन्दा धेरै लाइक पाउने प्रतियोगी नै यस प्रतियोगिताको विजेता बन्ने बताएका छन् ।

गत वैशाख १३ गतेबाट जेष्ठ १३ गतेसम्ममा करिब ५ सय भिडियोहरु प्राप्त भएतापनि तोकिएको मापदण्ड पूरा नभएको हुँदा १ सय पच्चहत्तर वटा भिडियो मात्र फेसबुक संजालमा शेयर गरिएको कार्यक्रम एडमिन इम्बुङ्ले बताएका छन् ।

यहि वैशाख १५ गतेबाट सामाजिक संजाल फेसबुकबाट टिकटक भिडियो अपलोड भईरहेका छन् । प्रत्येक दिन बुलेकी ७ बजे देखि ८ बजेसम्ममा दिनको ५ वटा भिडियो अपलोड गर्दै जेष्ठ १५ गतेसम्ममा प्रतियोगितामा छानिएका सबै भिडियोहरु अपलोड् गरि सकिएको एडमिन इम्बुङ्ले बताएका छन् । साथै सबै भिडियोको समय अपलोड भएको दिन देखि ३० दिनको हुनेछ ।

तीस दिन पुगेपछि सो भिडियोलाई स्क्रीन सर्ट गरेर संजाल मै अपलोड गरिनेछ त्यो भिडियोको भ्यूज, लाइक, सेयर नै अन्तिम हुनेछ । अन्तिम प्रतियोगीको अन्तिम मिति असार १५ गते समाप्त हुनेछ । जुन प्रतियोगीको लाईक सबैभन्दा धेरै हुनेछ उ नै प्रतियोगिताको विजेता बन्ने आयोजक एडमिन फुलेन्देको बाउले बताउनु भएको छ ।

विजेता प्रतियोगीले १ हजार १ सय एघार हङ्कङ् डलर र विभिन्न गिफ्ट हेम्पर पाउने छन् । त्यसैगरी गैर लिम्बू समुदायका प्रतियोगीहरुलाई समेत आकर्षक उपहार प्रदान गरिनेछ भने यस प्रतियोगितामा लिम्बू मौलिकता र भेषभूषा झल्किने गरि बनाइएको भिडियोलाई तेह्रथुमे ढाका बुटिकको तर्फबाट ढाका जन्य आकर्षक गिफ्टहेम्पर प्रदान गरिने कार्यक्रम आयोजक तथा फेसबुक ऐडमिन मौसम लिम्बुले बताएका छन् ।

कार्यक्रममा नेपालको पूर्व जिल्लाहरु झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ्, पान्थर, इलाम त्यसैगरी काठमाडौं, ललितपुर, कास्की त्यसैगरी भारत, बेलायत, सिंगापुर, हङ्कङ्, कतार, मलेशिया, दुवाई, कोरिया, जापान, अमेरिका लगायत विभिन्न देशहरुबाट यस प्रतियोगितामा उत्साहका साथ सहभागी भएको लिम्बुले जानकारी दिएका छन् । उनले– देश लकडाउनको अवस्थामा रहेको समयलाई सदुपयोग गर्दै जहाँ रहेता पनि आफ्नो भाषा, संस्कार संस्कृतिलाई कला मार्फत जगेर्ना गर्ने एउटा प्रयास गरिएको बताए ।

सम्बन्धित खवर