च्याम्पियन्स लिग : रियल बराबरीमा रोकिन्दा, सिटी, लिभरपुल र बायर्नको जित - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिग : रियल बराबरीमा रोकिन्दा, सिटी, लिभरपुल र बायर्नको जित

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेल स्पेनिस क्लब रियल मड्रिड बराबरीमा रोकिएको छ ।

रियलले जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखसँग मंगलबार राति भएको खेलमा २–२ गोलको बराबरी खेलेको हो ।

मुन्छेनग्लाडबाखको मैदानमा खेलको ३३ औं मिनेटमा मार्कुस थुरामले गोल गर्दै मुन्छेनग्लाडबाखलाई अग्रता दिलाएका थिए ।

खेलको ५८ औं मिनेटमा थुरामले व्यक्तिगत दोस्रो गोल गर्दै मुन्छेनग्लाडबाखलाई २–० को अग्रता दिलाए ।

करिम बेन्जिमाले खेलको ८७ औं मिनेटमा गोल गर्दै रियललाई २–१ स्थितिमा ल्याए । यसैगरि खेलको इन्जुरी समयमा कासिमिरोले गोल गर्दै रियललाई हारबाट जोगाए ।

यो बराबरीसँगै रियलले समूह चरणमा पहिलो १ अंक जोडेको छ । रियल समूहको पुछारमा रहेको छ ।

यसै समूहको अर्को खेलमा इन्टर मिलानले शाख्तर डोनेक्ट्ससँग गोलरहित बराबरी खेल्दै अंक बाडेको छ ।

सिटीको लगातार दोस्रो जित

यसैगरि च्याम्पियन्स लिग फुटबलको समूह चरणमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब मार्सेलीलाई ३–० गोल अन्तरले पराजित गर्दै सिटीले लगातार दोस्रो जित निकालेको हो ।

फ्रेन्च क्लब मार्सेलीको मैदानमा सिटीलाई जित दिलाउन खेलको १८ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै अग्रता दिलाए ।

इल्के गुण्डोगानले खेलको ७६ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता २(० को बनाए । यसैगरि रहमि स्ट्रर्लिङल खेलको ८१ औं मिनेटमो गोल गर्दै सिटीलाई ३–० को जित दिलाए ।

जितसँगै समूह ‘सी’ को सिटीले २ खेलमा ६ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा पोर्टोले ओलम्पियाकोसलाई २–० ले हराएको छ ।

लिभरपुलको सहज जित

यसैगरि इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ ।

एनफिल्डमा मंगलबार राति भएको खेलमा डेनिस क्लब एफसी मिद्त्जील्यान्डलाई २–० ले पराजित गर्दै लिभरपुलले लगातार दोस्रो जित निकालेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र मोहमद सलाहले एक एक गोल गरे ।

जितसँगै लिभरपुलले समूह ‘डी’ मा २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो जित निकालेको लिभरपुल शीर्ष स्थानमा समेत उक्लिएको छ ।

यसै समूहको अर्को खेलमा आयाक्स र एटलान्टाले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

बायर्नको निरन्तर जित

यसरीनै च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले १३ खेलसम्म अपराजित यात्रालाई कायम राखेको छ ।

समूह एमा मंगलबार राति लोकोमोटिभ मस्कोलाई २–१ ले हराउँदै बायर्नले अपराजित यात्रालाई १३ औं खेलसम्म कायम राखेको हो ।

बेन्जामिन पावर्डको भली क्रसमा हेडमार्फत लियोन गोत्र्जकाले गोल गर्दै बायर्नलाई १३ औं मिनेटमा अग्रता दिलाएका थिए । एन्टोन मिरानचुकले ७० औं मिनेटमा घरेलु टोली लोकोमोटिभका लागि बराबरी गोल गरे ।

मिडफिल्डर जोशुआ किमिचले ७९ औं मिनेटमा भलीमार्फत बायर्नका लागि विजयी गोल गरे । समूह एमा शतप्रतिशत जित निकाल्दै बायर्नले ६ अंक जोडेको छ ।

सम्बन्धित खवर