विक्रम योङहाङको निर्देशनमा पालाम ‘सेकमुरी फुङ’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विक्रम योङहाङको निर्देशनमा पालाम ‘सेकमुरी फुङ’ सार्वजनिक (भिडियो सहित)

  • दमक/ सञ्चारकर्मी तथा लोकप्रिय गीतकार आन्छुमे नसानको शव्दभावहरुमा लोकप्रिय गायक तथा संगीतकार यादन सेर्मा लिम्बूको लय संकलन रहेको पालाम साम्लो ‘सेकमुरी फुङ’ सार्वजनिक गरिएको छ ।

निर्देशक विक्रम योङहाङ ‘मुहिम’को निर्देशनमा गायक यादन सेर्मा तथा गायीका एवम् नायीका पुष्पा लिम्बूको सुमधुर आवाजमा सजिएको पालाम ‘सेकमुरी फुङ’ बि.एम. एम. युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

विक्रम योङहाङ, शान्ता योङहाङ, अनिता लिम्बू, वजिन लावती, भुपेन योङहाङ, उत्तम योङहाङ, नुमा योङहाङ, अनिशा योङहाङ, मुना मावो र रेजिना काम्बाङ लागयतको अभिनय रहेको पालामको छायाँकन तथा सम्पादन कृष्ण थलङले गरेका हुन् ।

पदम राजन मगरको संगीत संयोजनमा तयार पारिएको पालाम सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

पालाम हेर्नुहोस

https://www.youtube.com/watch?v=fWzG22f_UfQ

 

सम्बन्धित खवर