साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको उपाधि बंगलादेशलाई - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

काठमाडौं । आयोजक बंगलादेशले साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको उपाधि चुमेको छ ।

बुधबार ढाकामा भएको फाइनलमा भारतलाई १–० गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि चुमेको हो ।

बंगलादेशलाई उपाधि दिलाउन एनी मोगिनीले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८० औं मिनेटमा मोगिनीले गोल गरेकी हुन् ।

राउण्ड रोबिनको आधारमा भएको च्याम्पियनसिपमा बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको थियो ।

नेपाल भने प्रतियोगिताको तेस्रो स्थानमा रह्यो । र, नेपाल फाइनल पुग्न असफल भएको थियो । नेपालले फेयर प्ले अवार्ड जितेको छ ।

 

सम्बन्धित खवर