दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज भारतले जित्यो - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज भारतले जित्यो

 

असोज २५, इलाम । पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज घरेलु टोली भारतले जितेको छ ।

 

मंगलबार दिल्लीमा भएको तेस्रो तथा निर्णायक खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गर्दै सिरिज २-१ ले जितेको हो ।

 

दक्षिण अफ्रिकाले दिएको १ सय रनको सामान्य लक्ष्य भारतले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

 

भारतको जितमा शुबमन गिलले सर्वाधिक ४९ तथा श्रेयस आयरले अविजित २८ रन बनाए । यस्तै ईशान किसनले १० तथा कप्तान शिखर धवनले ८ रन बनाए ।

 

दक्षिण अफ्रिकाका लागि फोर्ट्युन र लुंगी एनजिडीले समान १/१ विकेट लिए।

 

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २७ ओभर १ बलमा अलआउट हुनु अघि ९९ रन बनाएको थियो । उसका लागि हेन्रिच क्लासेनले ३४ तथा जानेमन मलानले १५ रन बनाएका थिए । यस्तै मार्को यान्सनले १४ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंक बनाएनन् ।

 

भारतका जितका लागि कुलदिप यादवले ४ तथा शाहबाज अहमद, मोहम्मद सिराज र वासिङ्गटन सुन्दरले समान २/२ विकेट लिए ।

 

सम्बन्धित खवर