- डिल्लीश्वर मुसाहाङ अम्याङ्सा
पुस ९, दमक । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परिषदको परिक्षा नियन्त्रण कार्यालयको बोर्डबाट शैक्षिक सत्र २०८० मा अध्ययनरत लिम्बू भाषा कक्षा ११ का विद्यार्थीहरुको रजिष्ट्रेशन फारम भर्ने भराउने कार्य बोर्डले खुल्ला गरेको छ ।
गत पुस ६ गते प्रकाशित सुचना अनुसार वोर्डको निर्णय अनुसार कक्षा ११ को लागि रजिष्ट्रेशन फाराम भर्ने अन्तिम म्याद यही पुस २९ गते सम्म रहेको लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परिषद परीक्षा नियन्त्रक पृथिप्रसाद नेम्बाङ वताए ।
नेपाल लिम्बुवानको पान्थर फाल्गुनन्द गाउँपालिका याम्बोङमा अहिलेसम्म लिम्बू भाषा शिक्षाको कक्षा संचालन गरी अध्ययन÷अध्यापन गर्न व्यवस्थापन नभएको अवस्थामा पनि बोर्डले वि.सं. २०६६ सालदेखि शिक्षक तथा साहित्यकार मलिसा याक्थुङबाको अगुवाईमा यो अभियानको संचालन गर्दै आईरहेको छ ।
यस अघि पान्थर जिल्ला फाल्गुनन्द गाउँपालिका वडा नं. २ याम्बोङमा सत्यहाङमा माध्यमिक विद्यालयमा शुरुवात भएको थियो । त्यस पछि धनकुटा जिल्लाको चौविसे वसन्तटार र सुनसरीको धरानको पब्लिक (जनता) उच्च मा.वि.मा संचालन भएको थियो । यसरी नै सरस्वती उच्च मा.वि. माङसेबुङ ५, इलाम, पृथ्वी उच्च मा.वि.कुम्मायक १ यासक पान्थर, याङनाम खलङ्गाटार मा.वि. याङनाम पान्थरमा र ताप्लेजङ फक्ताङ्लुङ गाउँपालिका –३ लिङखिमस्थित सिङवा मा.वि.मा पनि गत बर्षदेखि यो भाषाबाट कक्षा ११, १२ मा पठन पाठन हुँदै छ ।
यस बर्षदेखि मोरङको केराबारी गाउँपालिका १ पाटीगाउँ स्थित सरस्वती मा.वि.मा पनि सम्बन्धन भई लिम्बू भाषा कक्षा ११ (ऐच्छिक विषय) अध्यापन यसै बर्ष देखि भई रहेको छ ।
यो कक्षामा कक्षा १० उतिर्ण गरेका वा सो भन्दा माथी अध्ययन गरेको सो कोहीले पनि १०० पूर्णाङ्कको लिम्बू भाषा साहित्य विषयमा अध्ययन गर्न पाउनेछन् ।