'फुङ्वा चाङमा' हाक्पारे हाङको निर्देशनमा सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘फुङ्वा चाङमा’ हाक्पारे हाङको निर्देशनमा सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस १५, दमक । लिम्बु संस्कार, संस्कृतिमा आधारित हाक्पारे साम्लोमा निर्देशक हाङ चेम्जोङको पहिलोपटक निर्देशन रहेको ‘फुङ्वा चाङ्मा’ हाक्पारे सार्वजनिक गरिएको छ ।

निर्देशक चेम्जोङले नेपाली गीत तथा लिम्बु पाःलाम, गीतहरुमा बाक्लो रुपमा काम गरे पनि यो हाक्पारे उनको पहिलो निर्देशन हो ।             

आफ्नो संकृतिमा आधारित हाक्पारे साम्लोहरुमा काम गर्न पाउदा एकदमै खुसि र बेग्लै उर्जा मिलेको र यो फुङ्वा चाङ्मा हाक्पारेले लिम्बु संकृति प्रेमी आम दर्शक श्रोताबृन्दहरुको मन जित्ने सक्ने किसिमको भिडियो बनेको निर्देशक चेम्जोङले बताए ।

उनले उक्त हाक्पारे छाँयाङ्कनको क्रममा आफ्नो व्यस्त समयको बावजुत पनि मनैदेखि हरेक किसिमले सहयोग गर्नुहुने फुलेंदेको बाउ, इन्दिरा नेम्बाङ, लिला सेलिङ माबो, इन्दु पंधाक इस्बो, बिपन तावालाई आभार समेत व्यक्त गरेका छन् । 

गीतकार शान्ता केरुङको शव्द संकलन तथा निर्माणमा डा. चन्द्र कुमार शेर्माद्वारा लिखित यालाक्मा मुन्धुम २०७१ बाङ मुन्धुमको स्रोत लिइएको हाक्पारेमा जीवन केदेमको स्वर रहेको छ भने निरन्ता नेम्बाङ र सुमन लिम्बुले आवाजमा साथ दिएका छन् ।

भिडियोमा मौसम इम्बुङ (फुलेंदेको बाउ), इन्दिरा नेम्बाङ, जिबन केदेम, शान्ता केरुङ, दुर्गा तुम्सा माखिम, लिला सेलिङ, इन्दु पंधाक इस्बो, निता लिम्बु, चन्द्र केदेम, मिलन केदेम, कर्ण काम्बाङ, आयुषा नेम्बाङ, बिरेन्द्र इम्बुङ र मिना नेम्बाङको अभिनय रहेको छ ।

मनोज साङ्सोन राईको संगीत संयोजनमा किङग् रेकर्डिङ स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गीतलाई राजु कार्कीले मिक्सिङ गरेका छन् ।

सुमन तामाङको छायांकन पर्शु थलङको सम्पादन तथा कृष्ण सुबेदीको मेकअप रहेको भिडियो
लिम्बु कल्चर क्रिएशन अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

हाक्पारे हेर्नुहोस

सम्बन्धित खवर