माघ २२, माङसेबुङ । किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित ‘पवित्रहाङमा कप २०७९’ को अन्तिम तयारी पूरा भएको छ ।
माघ २२ गते देखि संचालन हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका अध्यक्ष मन प्रसाद आङबुहाङले बताए । खेल मैदान मर्मत, अङसीमाङ अङसीमामाङ मञ्च, अतिथि मञ्च र अस्थाई प्याराफिट निर्माणको कार्य पूराभएको अध्यक्ष आङबुहाङले जानकारी दिए ।
नेपाल फुटबल संघका केन्द्रिय सदस्य पेमा लामा प्रमुख आतिथ्यमा सुरु हुने प्रतियोतिताको उद्घाटन खेल भोलि सोमबार दिनको १ वजेदेखि आयोजक टिम माङसेबुङ गाउँपालिका इलाम र नवदीप युवा क्लब मिक्लाजुङ मोरङबीच हुनेछ । उद्घाटनमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको देव उपस्थित रहनेछ ।
खेलमा नेपाल र भारतका १० महिला फुटबल टिमहरुले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टिमहरुमा माङसेबुङ गाउँपालिका इलाम, रोयल स्पोर्टिङ क्लब दमक झापा, कर्णसिं सोनाम एफ.सि. ताप्लेजुङ, कन्काई नगर खेलकुद विकास समिति झापा रहेका छन् । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरी, गाइघाट फुटबल क्लब उदयपुर, एफ.एफ.सि. दार्जिलिङ भारत, जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम, घनकुटा जिल्ला फुटबल संघ र नवदीप युवा क्लब मिक्लाजुङ मोरङ रहेका छन् ।
खेलका विजेताले नगद दुई लाख एक सय उनान्सत्तरी र उपविजेताले एक लाख एक सय उनान्सत्तरी प्राप्त गर्नेछन् । प्रथम पुरस्कार आङबुहाङ देउमान परिवार र दोस्रो पुरस्कार किरात धर्मगुरु निजी कृषि समिति हङकङले सौजन्य गरेको छ ।
खेल फागुन ३ गने सम्म प्रस्तावित आङमानन्द रंगशाला संचालन हुने छ ।