युकेको लण्डनमा याक्वा सेवा(उभौली पुजा) सम्पन्न - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युकेको लण्डनमा याक्वा सेवा(उभौली पुजा) सम्पन्न

जेठ ३, काठमाडौं । किरात सत्यहाङमा महागुरु फाल्गुनन्द सोसाईटी युकेको आयोजनामा लण्डनमा यक्वा सेवा(उभोली) सम्पन्न भएको छ ।

गत शनिवार बेलायतको लण्डन फेल्ठामा माननीय तारा देवी राईको प्रमुख आतिथ्यमा याक्वा सेवा सम्पन्न भएको हो ।

सेवामा प्रमुख अतिथि र संस्थाका अध्यक्ष रतनकुमार चेम्जोङ समेतले दिप प्रजलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

सेवा सावाहरु गुरु रुद्र, ओम, बिष्णु तुम्बापो र कल्पनाद्धारा उभौली र विशेष  पूजा गरिएको थियो भने कार्यक्रम बारे सल्लाहकार दिलकुमार सम्बाहाम्फेले यक्वा तङनाम किन र के का लागि गरिन्छ भन्ने बारे प्रकाश पारेका थिए ।

कार्यक्रमका वक्ताहरुले आफ्नो संस्कार र संस्कृतिको रक्षर्थ यस्ता कार्यक्रम गरेर आफूहरु पनि सहभागी हुन पाएकोमा आयोजकप्रति धन्यवाद  ज्ञापन गरेका थिए ।

कार्यक्रममा  हेम तुम्बापोले उपस्थितहरुलाई स्वागत गरेका थिए भने सम्भावित स्वास्थ्य जोखिमलाई ख्याल राख्दै हेल्थ एन्ड सेफ्टिको बारेमा संस्थाका सचिव पूर्ण कुमार फालेछुवाले जानकारी दिएका थिए ।

कार्यक्रममा कि.या.चु युकेका कोषाध्यक्ष दीपेन्द्र यक्सो, रस्मोर शाखा सचिव कृष्ण योङहाङ, लण्डन सीनियर शाखा अध्यक्ष चन्द्रबहादुर लिङ्देन, थाकथकुहाङ माबोहाङ चेम्जोङ समाज बेलायतका अध्यक्ष नेत्र चेम्जोङ र किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायत का अध्यक्ष राम कुमर सिंथेबे लगायतको सहभागिता रहेको थियो ।

 

सम्बन्धित खवर