थोकफेला र बिवसको आवाजमा 'के:सामी सर लै सर' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोकफेला र बिवसको आवाजमा ‘के:सामी सर लै सर’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असार १८, काठमाडौं । गायीका थोकफेला लिङदेन र गायक बिवस नेम्वाङको सुमधुर आवाजमा ‘के:सामी सर लै सर’ साम्लो सार्वजनिक गरिएको छ ।

गीतकार सुवर्ण नेम्वाङ ‘यम्बे’ को शव्द संकलन तथा बिवस नेम्बाङको लय संकलन रहेको ‘के:सामी सर लै सर’ भिडियो साम्लो सार्वजनिक गरिएको हो ।

कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको भिडियोमा थोकफेला लिङदेन, इङसो साम्बा, मनकुमार खिम्दिङ, दिलिप माखिम, मुर्णिमा माबो लिम्बू, लक्षमण कुरुम्बाङ, समृद्धि लिम्बू, केशर चेम्जोङ, सुनिता किराती, राम नेम्वाङ, नुसिहाङमा सावदेन र लाबुनहाङ केरुङले अभिनय गरेका छन् ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङ् स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको साम्लोलाई राजु कार्कीले मिक्सिङ गरेका हुन् ।

माङसेबुङमा छायांकन गरिएको भिडियो थोकफेला लिङदेनको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर