सातौं प्रधानमन्त्री भलिबलमा महिलातर्फ पुलिस र पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सातौं प्रधानमन्त्री भलिबलमा महिलातर्फ पुलिस र पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन

असार ३०, काठमाडौ । नेपाल पुलिस क्लबले सातौं संस्करणको महिला तथा पुरुष एनभिए क्लब भलिबलमा महिलातर्फको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा विभागीय डर्वीमा पुलिसले एपिएफलाई पराजित गर्दै उपाधि जितेको हो ।

एपिएफविरुद्ध पुलिसले पहिलो सेट २५-१२ ले जित्दा दोस्रो सेट २१-२५ ले गुमाएको थियो।

यस्तै तेस्रो सेट पुलिसले २५-२३ ले जित्यो। त्यस्तै चौथो सेट २५-१९ ले जित्दै पुलिस च्याम्पियन बनेको हो ।

प्रतियोगितामा पुलिस अपराजित बन्दै च्याम्पियन बनेको छ । उपाधि सहित पुलिसले ६ लाख रुपैयाँ नगद जितेको छ । उपविजेता बनेको एपीएफले ३ लाख रुपैयाँ नगत जितेको छ ।

यसैगरि राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको पुरुष तर्फको खेलमा आफ्नो अविजित यात्रालाई कायम राख्दै हेल्प नेपाल स्पोर्टस् क्लबले पुरुष तर्फको उपाधि उचालेको छ ।

हेल्प नेपालले पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पार्‍यो भने दोस्रो सेट पुलिसले २५–११ ले जित्यो । तेस्रो र चौथो सेट २५–१८, २५–१८ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपालले उपाधि जित्यो ।

उपाधिका साथ हेल्प नेपालले नगद ६ लाख रुपैयाँ र उपविजेता पुलिसले ३ लाख रुपैयाँ पाएको छ ।

 

सम्बन्धित खवर