स्पेन पहिलो पटक फिफा महिला विश्वकपको फाइनलमा - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्पेन पहिलो पटक फिफा महिला विश्वकपको फाइनलमा

साउन ३०, काठमाडौं । स्पेन पहिलोपटक अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार न्युजिल्यान्डमा भएको पहिलो सेमिफाइनलमा स्विडेनलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेनपहिलोपटक फाइनलमा प्रवेश गरेको हो ।

सुरुआती ६ संस्करणमा सहभागीता नजनाएको स्पेन सातौं संस्करणमा समूह चरणबाट तथा गत संस्करणमा प्रि–क्वाटरफाइनलबाट बाहिरिएको थियो ।

स्पेनको जितमा साल्मा पोरेलु र ओल्गा कार्मोना ले समान १-१ गोल गरिन् । उता स्विडेनका लागी ब्लोभिस्टले १ गोल गरिन् ।

स्पेनले अब उपाधिका लागी बुधबार हुने इंग्ल्यान्ड र सह-आयोजक अष्ट्रेलियाबिच हुने दोस्रो सेमिफाइनलको विजेतासॅंग खेल्नेछ ।

 

सम्बन्धित खवर