याक्थुङ स्टारका फाइनलिष्ट गायक दिलिप माखिम सम्मानित - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ स्टारका फाइनलिष्ट गायक दिलिप माखिम सम्मानित

भदौ १४, दमक । केहिदिन अघि सम्पन्न भएको सिङगिङ रियालीटी सो याक्थुङ स्टारका फाइनलिष्ट गायक दिलिप माखिम सम्मानित भएका छन् ।

बुधबार दमक स्थित गोर्खा डिपार्टमेन्टको हलमा एक कार्यक्रमको आयोजना गरि किरात माङसेबुङ केलाङ समूहले गायक माखिमलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा लोकप्रिय गायीका तथा याक्थुङ स्टारका निर्णायक गंगा फियाक, लोकप्रिय गायक आइन्द्र नेम्बाङ, मेरो भ्वाईस युनिभर्समा सहभागि भएका गायक चोत्लुङहाङ केदेम, गायक कुमार नेम्बाङ र गायक राजन बेघा लगायतले साँगितिक प्रस्तुति दिएका थिए ।

माखिमलाई प्रमुख अतिथि तथा उनकै संगीत गुरु अनिल फागोले दोसल्ला ओडाएर सम्मान पत्रद्वारा र बिशेष अतिथि रंगकर्मी तथा सामाजिक अभियन्ता बिक्र फागो वनेमले नगद राशि टक्राएर सम्मान गरेका थिए ।

माखिमलाई नगद ५ हजार सहित सम्मान पत्र र दोसल्ला ओडाएरु सम्मान गरिएको किरात माङसेबुङ केलाङ समूहका संयोजक दिलहाङ सङबाङफेले बताए ।

कार्यक्रममा कुरुम्बेली सेवा समाज सेवा संघका प्रतिधी गगन लाओती, किरात याक्थुङ माखिम सङ्जुम्भो का प्रतिनिधि, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पाम्जुम्भो, किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष शंकर केरुङ र गुरु टोलिका प्रतिधी लगायतको उपस्थिति रहेको थियो ।

किरात माङसेबुङ केलाङ समूहको संयोजक दिलहाङ सङबाङफेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन आइन्द्र थेगिमले गरेका थिए ।

सम्बन्धित खवर